समाचार

काभ्रेपलाञ्चोकमा राष्ट्रिय युवा संघको ११औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

 

काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। आज धुलिखेलमा सम्पन्न अधिवेशनले अध्यक्ष सी. बी. लामाको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको हो।

नवगठित कमिटीमा उपाध्यक्ष रमेश बुढाथोकी (आर. बी.), सचिव अमन धित्ताल, सह–सचिवद्वय राजेन्द्र लामा र सगुन थापा, कोषाध्यक्ष शिव प्रसाद ढुङ्गेल तथा संगठन विभाग प्रमुख किरण लामा चयन भएका छन्।

यसअघि, काभ्रेमा देखिएको परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले अधिवेशन स्थगित गर्न जिल्ला कमिटीलाई पत्राचार गरेको थियो। तर, अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका प्रतिनिधिहरू मात्र सहभागी भएको विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *