समाचार
झनै बेहाल अवस्थामा राष्ट्रिय गौरवका आयोजनाहरु
काठमान्डाैं / राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको हो । राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहे पनि प्रगति शून्यप्रायः छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।


