समाचार

श्रमिकको हितमा चट्टान झै उभिने सुरक्षा श्रमिक ट्रेड युनियनकाे प्रतिबद्दता

३,असाेज २०८१
नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन श्रमिकहरुकाे पक्षमा वकालत गर्दै आएको संस्था हो । यसले श्रमसँग जाेडिएर सेवा गर्ने धेरै मानिसहरुलाई राेजगारदाता कम्पनीले गरेको थिचाेमिचाे ,अन्याय ,श्रम शाेषण र उचित पारिश्रमिक नदिएकाे विषयमा श्रमिककाे हकहितमा काम गर्ने गर्छ।

संस्थाले राेजगारदाता पक्ष र श्रमिक बीच सहकार्य गर्छ। श्रम ऐन २०७४ ले निरर्दिष्ट गरेकाे राजपत्रमा प्रकाशित पारिश्रमिक र सेवा, सुविधा कामदारलाई उपलब्ध गराउन भूमिका खेल्नु उसको कर्तव्य हो । नेपालमा श्रमिककाे हितमा बाेल्ने थुप्रै संघ संगठनहरु छन, तर आज सम्म कसले कहाँ ,कति, के ? गरे खासै बाहिर आएको देखिदैन ।

हालै मात्रै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनकाे पहमा एक वर्षदेखि पारिश्रमिक नपाएका र कामबाट निकालिएका व्यक्तिलाई क्षतिपूर्ति सहित काममा फर्काएकाे छ। संस्थाले विषेश गरि सुरक्षा गार्डहरुकाे समुहलाई नेतृत्व गर्छ। तर श्रम गर्ने अन्य श्रमिकलाई पनि एकीकृत गर्दै संगठनमा आबद्ध गराइ हितमा बाेल्ने गरेको छ। यस्तै चितवनमा राेजगारदाता कम्पनी नेपाल एक्स -टु – सेक्युरिटी सर्भिस प्रा.ली लि चितवन स्थित कृषि विकास बैंककाे विभिन्न शाखा कार्यालयहरूमा कार्यरत सेक्युरिटी श्रमिकहरूले पारिश्रमिक नपाएको र सेवा सुविधाबाट ठगिएको प्रमाण सहित  बैंकको डिजियमसँग गम्भीर रूपमा छलफल गरेको थियो  ।

उक्त बैकका डिजिएमले श्रमिकलाई  ठगि गर्ने संस्थाहरु कुन-कुन हुन अनुगमन गरि कानूनी कार्वाही गर्ने कृषि विकास बैंकको प्रतिबद्धता रहेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले टुकी नेटवर्कलाई जानकारी गराउनु भएको छ।

कृषि विकास बैंकले श्रमिकलाई भुक्तानी गर्न दिएको रकम श्रमिकले नपाए पछि गरूड  सेक्युरिटीज प्रा.ली. विरूद्ध चितवनका २७ जना सुरक्षा श्रमिकहरूले  कानूनी उपचारका निम्ति साे कम्पनी विरुद्ध उजुरी दर्ता गरेका छन् । गरुड सेक्युरिटी विरुद्धको मुद्दामा २७ जना सुरक्षा  श्रमिकलाई नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले कानुनी सहयोग गर्ने बताइएको छ।

अध्यक्ष कार्कीका अनुसार श्रमिकको न्यायको पक्षमानेपाल सुरक्षा श्रमिक युनियन लाग्नेे छ। हामी  श्रमिककाे साथमा  चट्टान झै उभिने छौ, कार्कीले भन्नुभयो ।

संस्थाका महासचिव वेद प्रसाद हुमागाईले देश भरिका श्रमिककाे हितमा जन्मिएको संस्थाले सधैं अन्यायमा परेकाहरुकाे पक्षमा लागिरहने प्रतिबद्दता जनाउनु भएको थियो । साथै सरकारलाई र सराेकार वालाहरुकाे विरुद्धमा खबरदारी गरिरहने छौ ।उहाँको भनाइ रहेको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *