अ+
अ
अ-
विराटनगर / मोरङको कानेपोखरी गाँउपालिका–६ बस्ने २३ वर्षीय सिमन मगर लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी रमाइलोबाट गस्तीमा निस्किएको प्रहरी टोलीले मगरलाई बुधबारराति ११ बजे पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले चेकजाँचका क्रममा साथबाट लागुऔषध बरामद भएपछि मगरलाई पक्राउ गरिएको जानकारी दिए । मगरको साथबाट लागुऔाषध नाइट्रोभेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद भएको उनले बताए ।



