समाचार

गम्भीर बिरामी उशाले काखमा दुधे बालक बाेकेर गरिन सहयोगकाे अपिल

इटहरी / हामी सबैको चाहना हुन्छ जीवनमा कहिल्यै रोग नलागाेस । तर केहीको जिन्दगी भने यसको ठिक विपरित हुन्छ । कमजोर आर्थिक अवस्था भएको परिवार अनि घातक रोग, एउटा परिवारलाई यहाँ भन्दा ठुलो दुख के हुन्छ । त्यस माथि काखमा दुधे बालक अनि एक महिनाको सुत्केरी कति धेरै पिडा होला । ठिक यस्तै भएको छ वर्दिया कि उशा शाहको परिवारलाई । उशा शाह गम्भीर बिरामी परेकी छन् । साँझ बिहान एक छाक टार्न पनि गाह्रो हुने परिवारमा एउटा ठुलो बज्रपात परेको छ । उनको टाउको को बिचमा सेतो र सानो थोप्ला कालो भाग देखिएकोले उनी अहिले अचेत अवस्थामा रहेकी छन् । उनलाई तत्काल उपचारको आवश्यकता रहे पनि आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न कठिन भएको छ । तत्काल उपचार नगरे जस्तो सुकै परिस्थिति आउने भन्दै डाक्टरले छिटो पैसा जम्मा गरेर उपचार गर्न सल्लाह दिएका छन् । शाहको एक महिने दुधे बालक समेत रहेको छ । सन्तान जन्माएर खुसीमा रमाउन लागेको यो परिवारमा यति ठुलो बज्रपात पर्‍यो जुन उनीहरूले कल्पना समेत गरेका थिएनन् । अचानक यस्तो गम्भीर रोग लागे पछि परिवारका अन्य सदस्य तनावमा परेका छन् ।

बिहान बेलुकाको छाक टार्न कठिन रहेको परिवारले दैनिक ४०,००० अस्पतालको विल तिर्न कठिन भएकाले सहयोग गर्न परिवारले आग्रह गरेका छन् । त्यो दुधे बालकका लागि भए पनि उशाको उपचार गर्नू पर्ने भन्दै देश विदेश बाट सहयाेग भए पनि त्यो पर्याप्त नभएको भन्दै जति सक्दो धेरै सहयोग गर्न उनीहरूले आग्रह गरेका छन् । तपाईँको सानो सहयोगले कसैको परिवारमा खुसी आउँछ भने किन सहयोग नगर्ने ।

सहयोग पठाउनको लागि lixmi bank. A/C 01526114176/
(lixmi /bank/ account name: lokendar Bahadur Malla
सिधा:पिडित परिवार सगँ सम्पर्क गर्न :9802750620
पीडितको दिदि,  Facebook : Manisha Malla

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *