इटहरीको मुख्य सडक ६ लेन बनाउन सडक विस्तार कार्य शुरु

अ+
अ
अ-

इटहरी / लामो समय विवादमा रहेको इटहरीको मुख्य सडक ६ लेनको बनाउने कार्य अघि बढेको छ । विराटनगर देखि धरान सम्म ६ लेनको सडक बनाउने कार्य तिव्र गतिमा अघि बढेता पनि इटहरीमा भने धेरै घर टहरा भत्किने अवस्थाको कारणले केही समय देखि उक्त सडकमा विवाद उत्पन्न भएको थियो । सोमबार बसेकाे सडक बिभाग कार्यालयका प्रतिनिधी , प्रहरी प्रसाशन , स्थानीय सरकारका प्रतिनिधि , उद्योग वाणिज्य सघं इटहरीका प्रतिनिधिको उपस्थिती बिच इटहरीको मुख्य चौकमा ड्रोजर चलाउने तयारी गरिएको हो । इटहरीको कुनै ब्यापारीक भवनहरु नभत्किने गरी दुवै तर्फ ६५ फुटमै सडक निर्माण बनाउने सहमती अनुरुप सोमबार देखि काम सुचारु ग्रिएको सडक बिभागको कार्यालय बिराटनगरले जनाएको छ ।