सरकारी मोटर साइकलमा ला’गुऔषध त’स्करी गरेको आ’रोपमा वन अधिकृतका छोरा प’क्राउ

अ+
अ
अ-

विराटनगर । सरकारी मोटरसाइकलमा भारतबाट ला’गुऔषध ओसार पसार गरेको आ’रोपमा वन अधिकृतका छोरा प’क्राउ परेका छन् । भारतको जोगबनी देखि ला’गुऔषध लिएर आउँदै गर्दा विराटनगर-१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरी राजविराज नगरपालिका-२ राजदेव टोलका २६ वर्षीय कपिल यादव प’क्राउ परेका हुन ।

उनका बुवा सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् । गत आइतबार नै यादव प’क्राउ परेका भए पनि प्रहरीले घ’टना गोप्य राखेको थियो । उनले वन अधिकृत बुवा सत्यनारायणको सरकारी नम्बर प्लेटको स १ ब १४१० नम्बरको सर कारी मोटरसाइकलमा ला’गुऔषध ओर्सान प्रयोग गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले सरकारी मोटरसाइकलमा ला’गुऔषध तस्करी हुने गरेको सूचनाको आधारमा विशेष सतर्कता अपनाएर यादवलाई प’क्राउ गरिएको बताए। ला’गुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले कपिललाई प’क्राउ गरे को हो । उनले कम्मरमा बाँधेर डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल ला’गुऔषध ल्याउँदै थिए ।