एजेन्सी- व्वा’इफ्रेण्डलाई सुटकेस भित्र को’चेर जे’लबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जे’लभित्र थु’निएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो ।
कार चो’रीको आ’रोपमा प’क्राउ परेका इब्राहिम जेलमा थिए, उनलाई भेट्न गएको गर्लफ्रेण्डले सुटकेसमा काे’चेर उनलाई जे’लबाट भगाउने प्रयास गरेकी थिइन् । कार चो’रीको आ’रोपमा इब्राहिमलाई अदालतले ९ वर्षको जे’ल स’जाय सुनाइएको थियो। व्वाइ फ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जे’लभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् ।
तर आधा घन्टापछि जे’लबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्यो। त्यो देखेपछि एक सुरक्षा गार्डले शं’का लागेर सुटकेश खोल्न लगाए। जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए। सजिलोका लागि सुटकेस भित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जे’लभित्र हुले अनि उनकी प्रेमिकालाई पनि प’क्राउ गरे ।



