काठमाडौं : बढ्दो वायु प्रदूषणका कारण राजधानी नयाँदिल्लीको जनजीवन अस्तव्यस्त बनेको छ । सोमबार प्रदूषणको मात्रा झन् बढेपछि जनजीवन अस्तव्यस्त बनेको हो। प्रदूषण बढे पछि एक सातादेखि हरियाणा, पन्जाब र नयाँ दिल्लीका विद्यालय बन्द छन् भने सरकारले सोमबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।
दिल्लीको आकाशमा देखिएको तुवाँलोले बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो। प्रदूषणले हद नाघेको भन्दै वातावरणविद्को समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्काल उपर्युक्त कदम चाल्न आग्रह गरेको छ। प्रदूषणका कारण निर्माण कार्य ठप्प छन् भने अन्य दैनिक आवश्यक सामग्रीको आपूर्तिमा कठिनाइ भएको छ । सवारी साधन, किसानले बालेको आगो र औद्योगिक उत्पादनको धुवाँधुलोले दिल्लीको आकाश ढाकिएको छ ।
तीन वर्षयताकै घा’तक प्रदूषण : हरेक चिसो मौसमको सुरुवातसँगै यस वर्ष पनि नयाँ दिल्लीको आकाशको मौसम बिग्रिएको छ । प्रदूषण गएको तीन वर्षयताकै सबैभन्दा उच्च छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले प्रदूषणका कारण दिल्लीको अवस्था अत्यन्तै खतरनाक भएको बताएका छन् ।



