समाचार

रवि लामिछाने र गगन थापा सडकमा उत्रिदा उर्लियो जनसागर

काठमाडौं । काठमाडौंको टुँडिखेलको रक्षाका लागि शनिबारबाट अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसका अवसर पारेर अकुपाइ टुँडिखेल अभियान सुरु गरिएको हो । यस अभियानमा संचार कर्मी रवि लामिछाने, नेता गगन थापा देखि पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सम्म सडकमा ओर्लिएका छन् । टुँडिखेल खुला गर्न र जनताको स्वा मित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्यसहित शनिबार बिहान ८देखि १० बजेसम्म दुई घण्टा मानव साङ्लोले टुंडिखेल घेरिएको हो।

नागरिकस्तरबाट भएको यो अभियानमा जनप्रतिनिधि देखि सर्वसाधारणको सहभागिता रहेको थियो । जनप्रतिनिधिकै संलग्नतामा टुँडिखेल लगातार साँघुरिँदै गइरहेको र अझैं साँघुरिने अवस्था रहेकाले खुलागर्न र जनताको स्वामित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्य सहित स्वतन्त्र नागरिक अभियान सञ्चालन गरिएको अकुपाइ टुँडिखेलका अभियान्ताहरुको भनाइ छ । अभियान्ताकाअनुसार ३ महिनासम्म हरेक हप्ताको शनिवार यो अभियान निरन्तर चलिरहनेछ ।

पूर्व स्वास्थ्य मन्त्रि गगन थापाले मिडियासंग कुराकानी गर्दै भने: “टुँडिखेलको अहिलेको अवस्था आउन म दोष सरकारलाइ वा कुनै एक पार्टी लाई मात्र दिन्न बरु हामी सबैले आफ्नो गल्ति सच्याउदै अब जोगाउन तर्फ लाग्न जरुरी छ । हिजो हामी सबैले विकासको नाममा गरेका गल्तिले गर्दा आज टुँडिखेल जनताको स्वामित्वमा नरहने डरले हामी अब जोगाउन र कदमहरु सच्याउन तर्फ लाग्नु पर्नेछ ।

टुँडिखेल मात्र नभएर अरु धेरै यस्ता ठाउहरु छन् जुन हामीले जोगाउन जरुरी छ ।” संचार कर्मी रवि लामिछानेले पनि मिडिया सामु भने: “अब हामी जनता सडक मा यसरी ओर्लिएर टुँडिखेल संगै अरु यस्ता महत्व बोकेका ठाउ हरु जोगाउन लाई सरकार लाई झक्झकाउन जरुरी छ नत्र हामीले हाम्रो महत्त्व बोकेका ठाउहरु गुमाउदै जाने सम्भावना बढ्दो छ ।” भिडीयो यहाँ लिंकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *