समाचार

लाेकदाेहाेरी कलाकार नवराज घाेरासैनीकाे छाेरी मनिषाकाे नयाँ गीत सार्वजनिक

पुस,१४ आइतबार ,२०८१
काठमाडौ । लाेकदाेहाेरी कलाकार मनिशा घोरासैनिकाे नयाँ गीत बजार सार्वजनिक भएको छ। लेकदाेहाेरीकाे क्षेत्रमा लामो समयदेखि लागिरहनु भएकी कलाकार घाेरासैनीले`धानको बाला हजुर ´बाेलकाे गीत श्राेतामाझ ल्याउनु भएको हो ।

गीतमा कलाकार मनिषा घोरासैनीको शब्द, नवराज घाेरासैनीकाे लय ,प्रताप दास र मनिषा घोरासैनीको आवाज रहेको छ। म्युनिक भिडियो सहित बजारमा आएको गीतकाे निरेन श्रेष्ठ निर्देशन गर्नु भएको हो भने बिना राउत र नितिन तामाङको अभिनय देख्न सकिन्छ ।

लाेकदाेहाेरी कलाकार नवराज घाेरासैनीकी छाेरी मनिषाकाे आवाजमा गाइएकाे गीत नवराज घाेरासैनीकाे युट्युव च्यानलमा हेर्ने र सुन्न सकिन्छ । युट्युवमा सार्वजनिक भएको उक्त गीत एक दिनमै २५ हजार ८ सय १५ जनाले हेरिसकेका छन् भने १ के लाइक भइसकेकाे छ। धानकाे बाला बाेलकाे काँठे लाेकदाेहाेरीले राम्रो बजार पाउने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *