समाचार

टनकपुरको १४.५७ हेक्टर नेपाली भूमि भा रतीय क’ब्जामै !

कञ्चनपुर । टनकपुर बाँधको १४.५७ हेक्टर नेपाली भूमि भा’रतीय क’ब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँ’ध बनाएको थियो । सन् १९१० मा बाढीले बाँध बगाए पछि भा’रत सरकारले राणा सरकारलाई बाँ’ध निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्र पठायो।

भारतीय आग्रहपछि राणा सरकारले कञ्चनपुरको ब्रह्मदेव सहित दोधारा–चाँदनीको १२०९ हेक्टर (२९८८ एकड) जग्गा दिएको थियो। सीमाबारे जानकार ऋषिराज लुम्साली भन्छन ‘भारतमा निर्मित अहिलेको शारदा नहर त्यतिबेला नेपाली भूमिमा थियो।’ ब्रह्मदेव सहित दोधारा– चाँदनीको सट्टाभर्ना बापतको जग्गा भा’रतले बर्दियामा दिएको भने पनि टनकपुरमा पाउनुपर्ने १४।५७ हेक्टर फिर्ता नदिएको लुम्साली बताउँछन्।

‘नेपालले पनि वैधानिक हिसाबले त्यो जग्गा फिर्ता लिन सकेको छैन’, लुम्साली भन्छन्, ‘सरकारले ताकेता नगरेसम्म जग्गा फिर्ता गर्न भारत तयार हुनेछैन।’ कञ्चनपुरको ब्रह्मदेवमा नेपालकोे २।९ हेक्टर जमिनमा भारतको टनकपुर जलविद्युत् आयोजनाको जलाशय छ । २०४८ जेठ १३ गते प्रधानमन्त्री बनेका गिरिजा प्रसाद कोइराला र तत्कालीन भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच टनकपुर सम्झौता भएको थियो ।

सम्झौता अनुसार टनकपुर बाँधका लागि भारतलाई नेपालले २.९ हेक्टर भूभाग उपलब्ध गराएको थियो। टनकपुरको जग्गाबापत २ मेगावाट विद्युत् नेपालले पाउने टनकपुर सम्झौतामा उल्लेख रहेको लुम्सालीले बताए। तर कोइरालाले टनकपुर आयोजनामा समान हक को साटो राष्ट्रघा’ती सम्झौता गरेको भन्दै उनको वि’रोध भएको थियो । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *