समाचार

दाइजो नल्याएको भन्दै बुहारीलाई श्रीमानसहित परिवारले झु*ण्ड*पछी, न्याय खोज्दै दाई पहिलोपटक मिडियामा

एक महिनाअघि झु*ण्डिएको अवस्थामा मृ*त भेटिएकी अमृता बोहोरा कुँवरसम्बन्धी घटनामा न्याय नपाए पछी उनको दाजु नर बहादुर बोहरा मिडियामा आएको छ । मृतकका दाजु अहिले बहिनीको न्यायका लागि अनसनमा बसेको छ ।

यसअघि २० असारमा काठमाडौंको बूढानीलकण्ठमा बोहराको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

अमृताको परिवारले पनि उनको हत्या गरिएको आशंका गर्दै ज्यान मुद्दामा किटानी जाहेरी दिएको छ । श्रीमान् राजनसहित ससुरा खड्ग, सासू पवित्रा र आमाजू गोमाविरुद्ध जाहेरी दिएका छन् ।

राजनले १० लाख रुपैयाँ दाइजो माग्नु र परिवारबाट यातना पाएको अमृताले माइती पक्षका केही सदस्यसँग बताएकाले घटनाको गम्भरीतापूर्वक अनुसन्धान गरिनु आवश्यक भएको परिवारको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *