समाचार
‘लिपुलेक हाम्रै हो, जनगणना गर्ने व्यक्ति मै हुँ’
काठमाडौं । बरिष्ठ पत्रकार भैरव रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने विवादित लिपु लेकको जनगणना आफूले गरेको बताएका छन् । विसं. २०१८ सालमा उनले तथ्यांक विभागको अधिकृत भएका बेला लिपु लेकको जनगणना गरे का हुन् । जुन भूमीलाई अहिले भारतले आफ्नो नयाँ नक्सामा समेटेको छ । लामो समय देखि भारतले लिपु लेक आफ्नो भएको दाबी गर्दै आएको थियो ।
भैरवका अनुसार अफिसरमा छनोट भएपछि २६ जना मध्ये को सुदुरपश्चिम जाने भन्नेमा विवाद भयो। भारतको बाटो हुँदै सुदुरपश्चिम पुग्नु पर्ने र विकट क्षेत्र भएकाले कोही पनि जान मानेन् । तर तात्कालीन राजा महेन्द्रसँग त्यसअगाडि नै सुदुरपश्चिम गइसकेका उनले आफू जाने इच्छा व्यक्त गरे । भैरव विसं २०१७ साल चैतमा श्रीमती सहित ९ जना खरदारको टोली लिएर भैरत त्यसतर्फ गएका थिए ।
उनलाई मुखिया र गणक भर्ना गर्ने अधिकार सरकारले दिएको थियो । आवश्यक मुखिया र गणक भर्ना गरे । “सिङ्गो महाकाली पारीको जनगणना उनले गराए । “त्यो बेला लिम्पियाधुरा विवादित क्षेत्रमा नावी, गज्र्याङ, गोविजी लगायतका विभिन्न नाम छन् ती सवै क्षेत्रको जनगणना मैले गराएको हुँ,” उनले सम्झिए, “गर्मी महिना भएकाले वर्खामा त्यहाँ मान्छे बस्थे हिउँदमा हिउँ पर्ने भएकाले बसीमा झर्थे त्यहाँका मान्छे ।
मैले असारमा जनगणना गरेकाले खरदारले मुखिया र गणकलाई लिएर त्यहाँको जनगणना गराउनु भएको हो । त्यसैले अहिले पनि भन्छु, लिपुलेक निर्विवाद हाम्रै हो। लिम्पियाधुरा क्षेत्रभित्रै पर्छ भनेर म दाबी गर्छु, किन भने ०१८ सालमा त्यहाँको जनगणना मैंले गरा एको हुँ । म अझै ज्युँदै छु ।” अहिले व्यास गाविसमा पर्ने उक्त क्षेत्र त्यो पञ्चायत कालमा बैतडी जिल्लाको गाउँ मात्रै थियो ।



