समाचार
इटहरी बजार अब शनिबार बन्द
इटहरी । अरूबेला बिहीबार बन्द हुदै अाएकाे सुनसरीकाे इटहरी बजार अब शनिबार बन्द हुने भएकाे छ । उद्याेग वाणिज्य संघ इटहरीले अाउदाे कार्तिक २३ गतेबाट लागु हुने गरी इटहरी बजारलाइ शनिबार बन्द गर्ने निर्णय गरेकाे हाे ।
साेमबार इटहरीमा माइकिङ गर्दै कार्तिक २३ गते शनिबारबाट बजार बन्द गर्न वाणिज्य संघले ब्यवसायि ब्यापारीमा अनुराेध समेत गरेकाे छ । बिहीबार बजार बन्द गरिदा अन्य स्थानबाट अाएका पर्यटकहरूले बजारकाे अनुभव गर्न नसक्ने र ब्यवसायिहरूले समेत परिवारिक जमघटका साथै सरकारी कामकाजका सेवा लिन फुर्शद नमिल्ने भएका कारण इटहरी बजारलाइ अब देखि शनिबार बन्द गर्ने निर्णय गरिएकाे उद्याेग बाणिन्य संघ इटहरीले जनाएकाे छ ।

यस अघि पनि इटहरी बजारलाइ शनिबार बन्द गर्ने या बिहीबार नै भन्ने बिषयमा ब्यवसायी र उद्याेग बाणिज्य संघ इटहरीका पदाधिकारी बिच मत बाझिएकाे थियाे । गत असार १४ गते सम्पन्न उद्याेग बाणिज्य संघकाे निर्वाचन अन्तरगत अाएकाे मत परिणामले समेत बजार शनिबार नै बन्द गर्नेपर्ने पक्षमा बढी मत देखिएकाे थियाे ।

