सुरक्षाको माग गर्दै पेट्रोल पम्प बन्द

अ+
अ
अ-

जनकपुर / शनिबार प्रदेश नम्बर २ का सम्पूर्ण पेट्रोल पम्पहरु बन्द भएका छन् । पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या भएको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले धनुषाले सम्पूर्ण पेट्रोल पम्प बन्द रहेको घोषणा गरेको हाे । शनिबार विहानैदेखि प्रदेश नम्बर २ काे ८ वटै जिल्लाका सम्पूर्ण पेट्रोल पम्प सञ्चालकले पम्प बन्द गरेका हुन् ।

एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न समेत माग गरेका छन् । यता महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका पेट्रोल पम्पहरु २ घण्टाको लागि मात्र बन्द गरिने एशोसिएसनले जनाएको छ । साँझ ५ बजेसम्म पेट्रोल पम्पहरु बन्द रहनेछ भने धनुषा बाहेकका जिल्लामा १२ बजेदेखि २ घण्टासम्म बन्द रहने जनाएको छ ।

गत बुधबार जनकपुरमा पेट्रोल पम्प सञ्चालक व्यवसायी मनोज साहलाई अर्का निर्माण व्यवसायी पंकज चौधरीले लेनदेनको विषयमा आफ्नै घरमा गोली हानी हत्या गरीएका थिए ।