समाचार
अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा, ५० हजारलाई घर छोड्न निर्देशन
अमेरिका / अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जेलिसभन्दा लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा लागेको थियो ।




