समाचार

आफ्नै स्कुलबसले किच्दा आठ वर्षीय विद्यार्थीको मृत्यु

काठमाडौं / ललितपुरमा आफ्नै स्कुलबसले किचेर आठ वर्षीय विद्यार्थीको मृत्यु भएकाे छ । गोदावरी नगरपालिका वडा ९ मा आफ्नै विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरे घटनास्थलमै मृत्यु भएको हाे ।

छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकरी दिएकाे छ । विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अहिले स्थितिमा नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जानकारी दिइन् । चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *