अ+
अ
अ-
काठमाडौँ । साताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।बिहिबार रु ६०० घटेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
यसअघि छापावाल सुन ७० हजार ७ सय तथा तेजावी सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।



