आज भारी वर्षाको सम्भाबना सर्तक रहन आग्रह

अ+
अ
अ-

काठमाडौं- आज देशभर मौसमी गतिविधि बढिरहेको छ । सोमबार बिहान जुम्ला, लमजुङ, कास्की लगाएतका जिल्ला, मकवानपुर, चितवन, मोरङ, ईलाम, झापा लगाएतका जिल्लाका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार दिउँसो देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित मध्यम वर्षा हुनेछ। पहाडीभेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानमा मध्ययम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने हुनाले सर्तक रहन आग्रह गरिएको छ । ुपहाडीभु(भागमा पहिरो जानसक्ने पनि महाशाखाले जनाएको छ । त्यस्तै भोली मध्य र पश्चिमी भेगका एकरदुइ स्थानमा भारी वर्षाको सम्भावना छ।