अ+
अ
अ-
विराटनगर -विराटनगरमा डेंगुबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्मा रहेका छन् । शर्मालाई ६ दिनअघि डेंगुको संक्रमण भएको पुष्टि भएको थियो ।अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो ।
त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो । अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।अहिले मुलुकका ५६ जिल्लामा यसको संक्रमण फैलिसकेको छ । प्रदेश १ मा डेंगु संक्रमितको संख्या तीन हजार नौ सय ८३ पुगिसकेको बताइएको छ ।



