मुम्बईमा भीषण वर्षा, अधिकांश भू-भाग जलमग्न

अ+
अ
अ-

मुम्बई । महाराष्ट्र। गुजरात र मध्य प्रदेशसमेत भारतका केही राज्यमा भीषण वर्षा भएको छ। मौसम विभागले गुजरातमा बिहीबार भारी वर्षा हुने जनाएको छ। मध्य प्रदेश, छत्तीसगढ, राजस्थान समेत १४ राज्यमा भीषण वर्षा हुने भन्दै अलर्ट जारी गरिएको छ। विगत एक हप्तामा भारतका ११ राज्यमा औसात भन्दा धेरै वर्षा भएको छ। १७ राज्यमा सामान्य वर्षा भएको छ।

उता मुम्बईमा मंगलबार राति देखि भइरहेको वर्षाका कारण सडक, रेल र अवाइ यातायात ठप्प भएका छन्। बुधबार रातिसम्म मुम्बईबाट उडान भर्ने २० फ्लाइट रद्द गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। रेवले ट्रयाक डुबानमा पर्दा १० वटा रेललाई रद्द गरिएको छ। महाराष्ट्रमा १ जुनदेखि ४ सेप्टेम्बर सम्म १०५३ मिलिमिटर वर्षा भएको छ।

मौसम विभागले आगामी दुई दिन सम्मका लागि महाराष्ट्रको ठाणे, पुणे, रायगढ, रत्नागिरि, सिन्धुदुर्ग र पालघर जिल्लामा अलर्ट जारी गरेको छ । नागपुरका करिव १०० गाउँ सँगको सम्पर्क विच्छेद भएको छ। स्थितिको गम्भीरतालाई मध्य नजर गर्दै गृह मन्त्रालयले करिव १००० हजार कर्मचारीलाई बुधबार रातिसम्म मन्त्रालयमा नै राखेको थियो।

प्रतिक्रिया दिनुहोस्