समाचार
भिरबाट लडेर १ जनाको मृत्यु
पाँचथर / पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ केरावारीका ७६ बर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा घर नजिकै रहेको छाङगे भिर भन्दा मुनी २०० मिटर तल झाडीमा मृत अवस्थामा फेला परेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ

झापाको कमल गाउँपालिका-४ का ३८ बर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल फेनेरागन र ६२ एम्पुल लुपिजेसिक सहित गुरुङलाई पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका गुरुङलाई कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक पठाईएको उक्त कार्यालयले जनाएको छ ।

