समाचार

भारतले तराईको भु–भाग कब्जामा पार्ने रणनीति हो संघीयता,संघीयता रहे नेपाल रहदैन:केसी

काठमाडौं, ८ कात्तिक । रष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नभए नेपाल नै नरहने चेतावनी दिएका छन् । कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीमा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति अनुसार संघीयता ल्याइएकाले आफ्नो पार्टी विपक्षमा उभिएको बताए । अध्यक्ष केसीले एउटा सरकार सञ्चालनका लागि नै बिदेशीसँग हारगुहार गर्नुपर्ने देशमा सातआठ ओटा सरकार नेपाली जनताले थेग्न नसक्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *