समाचार
भारतीय राजदूतको बाबुराम भट्टराईको लोकप्रियता बारे चासो
गोरखा: नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले गोरखामा बाबुराम भट्टराईको लोकप्रियता प्रति चासो राखेका छन्। गोरखाको पुन र्निर्माण अवस्थाबारे अवलोकन गर्न शनिबार आएका राजदूत पुरीले जनप्रति निधिको हैसियतमा रहेका भट्टराई लोकप्रियचाहिं कति छन् ? भनेर सोधेका हुन्।
गोरखकाली र गोरख नाथको दर्शन गरी गोरखा दरबारको अवलोकन गरेका पुरीले गोरखाको डाँडाबाट बाबुरामको घर कता पर्छ ? भनेर सोधेका थिए । ‘उनी गोरखामा कति लोकप्रिय छन् ?’ राजदूत पुरीले सोधे, ‘जनप्रति निधि हुन्, मन पराउँछन् होला नि ?’ नेपालको पुनर्निर्माण प्रक्रियासँग भारत सरकार सन्तुष्ट रहेको राजदूत मञ्जिवसिँह पुरीले स्पष्ट पारे।
पुनर्निर्माणको अवस्थाको अवलोकन गर्न गोरखा आएका पुरीले चार वर्षको अवधिमा ८५ प्रतिशत पुनर्निर्माण हुनु सन्तोष जनक रहेको बताए। ‘नेपाल र भारत बीच मैत्री सम्बन्ध छ। त्यसैले हामी सँधै नेपाल र नेपाली खुसी रहेको देख्न चाहन्छौं’ पुरीले भने। गोरखामा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भट्टराईको लोकप्रियता प्रति चासो राखेका हुन् । अन्नपुर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्


