अ+
अ
अ-
सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती काठमाडौँबाट पक्राउ परेका छन्।
प्रहरीले भारतीलाई शुक्रबार बिहानै काठमाडौँको भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए।
सुडान घोटला काण्डमा दोषी ठहर भएपछि उनी फरारको सूचीमा रहेका थिए।
विशेष अदालत काठमाडौँले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो।
त्यस्तै अदालतले ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो। अदालतले दोषी ठहर गरेपछि उनी फरार रहेका थिए।



