समाचार

प्रतिनिधिसभा बैठकमा सांसद्को मौन ब्रत

प्रतिनिधिसभाको बैठकमा आफूले राखेका कुनै पनि माग पुरा नभएको भन्दै सांसद्ले मौन ब्रतको घोषणा गरेका छन्। 

आजको प्रतिनिधसभाको बैठकमा सांसद् राजेन्द्र कुमार केसीले शून्य समयको बैठकमा आफूले गरेका कुनै पनि माग पुरा नभएको भन्दै १ मिनेटसम्म मौन व्रतको घोषणा गरे। 

उनले शून्य समयमा आजसम्म गरेका कुनै पनि कुरा सुनुवाई नभएको भन्दै शून्य समयमा रेकर्ड बनोस् भन्दै हातमा माइक समातेर एक मिनेटसम्म केही नबोही उभिरहे। 

सभामुख कृष्णबहादुर महराले एक मिनेट पुरा भयो मान्य महोनय बस्नुहोस् भनेपछि मात्र उनी बसेका थिए। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *