समाचार

एउटै होटलमा काम गर्ने साथीलाई हत्या गरेको आरोपमा २५ वर्षीय निर्मल पक्राउ

सल्यान – हत्याको आरोपमा फरार कपुरकोट–५, रिमका २५ वर्षीय निर्मल बुढा पक्राउ परेका छन्। बुढालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। लामो समयसम्म भारतमा बसेका ३९ वर्षीय फौदबहादुरले निर्मललाई भारतमा रहेको बेला अपमान गरेकाले रिसले हत्या गरेको बताइएको छ ।

दुवै जना भारतको चन्दीगढमा एउटै होटलमा काम गरेको खुलेको छ। बुढाले फौद बहादुरलाई उनकै आफ्नै घर नजिक हत्या गरेको प्रहरीले जनाएको छ। बुढालाई इलाका प्रहरी कार्यालय लुहाममा राखी थप अनुसन्धान गरिरहको प्रहरीले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *