समाचार

उपराष्ट्रपति पुनको गाउँमा बम विष्फोट र आगजनि, गाउँले त्रसित

रोल्पा / रोल्पाको एक वडा कार्यालयमा बम विष्फोट र आगजनी गरिएको छ । परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा आईतबार राती साढे वाह्र बजे बम विष्फोट लगत्तै आगजनि गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको गृह वडा राङसीको कार्यालयमा विष्फोटन र आगजनि भएको घटनाले गाउँले त्रसित वनेका छन् ।

विष्फोट र आगजनिबाट कार्यालयका ढोका, पर्दा र डस्टविन जलेका छन् । वडा अध्यक्ष हरिप्रसाद घर्तीले सोमबार विज्ञाप्ति जारी गर्दै विष्फोट र आगजनिबाट कार्यालयमा आशिंक क्षति भएको जनाएका छन् । कार्यालयलाई जलाउने मनसायले अज्ञात समूहले विष्फोट र आगजनि गरेको वडा कार्यालयले जनाएको छ । समाचार तयार पार्दासम्म विष्फोट र आगजनिको जिम्मा कसैले लिएको छैन ।

पानी परिरहेको वेला कार्यालय परिसरमा ठूलो विष्फोटको आवाज गाउँलेले सुनेका थिए । चट्याङ परेको थानेका गाउँलेले वडा कार्यालयमा आगो सल्किएको देखेर निभाउन पुगेका थिए । कार्यालयको चारवटा ढोकामा जुटको बोरामा डिजेल छर्किएको अवस्थामा आगो सल्किएको देखेर गाउँले त्रसित वनेका हुन् । सुरुमा चट्याङ लागेर आगलागि भएको ठानेका गाउँलेले बमको टुक्रा र डिजेल लटपटिएको जुटको टुक्रा देखेपछि आक्रमण भएको आशंका गरे ।

घटनाको सूचना पश्चात् इरिबाङबाट प्रहरी टोली घटना स्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपक खड्काले वताए । विष्फोट र आगजनिमा सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ । घटना स्थलमा विष्फोट भएको कित्ली बमको टुक्राटुक्री फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लिबाङ र घर्तिगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटना स्थल तर्पm परिचालित गरिएको छ ।

परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी घटना स्थल जाने तयारीमा रहेको वताए । विष्फोट र आगजनि भएको बारे गाउँलेले आफुलाई मध्ये रातमा जानकारी गराएको अध्यक्ष डाँगीले वताए । समयमै गाउँले आगो निभाउन पुगेकाले कार्यालय खरानी हुनबाट जोगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *