समाचार
१३ वर्षीया बालिकालाई जंगलमा लगी लहात खुट्टा बाँधेर पालै पालो सामूहिक बलात्कार
धनगढी, ९ असार– कैलालीमा एक १३ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कार गरी पक्राउ पर्नेमाधनगढी उपमहानगरपालिका–१५ २५ वर्षीय कुट्टु चौधरी र २३ वर्षीय विजय चौधरी तथा वडा नम्बर–७ का २५ वर्षीय झगरु चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख दक्षकुमार बस्नतेले किशोरीलाई फकाएर जंगलमा लगेर जबर्जस्ती करणी गरेको बताए ।
तीन जनाले किशोरीलाई मोटरसाइकलमा राखेर जंगलमा लगेका थिए । नीहरुले किशोरीको हातखुट्टा बाँधेर पालैपालो बलात्कार गरेको र पीडित युवतीले कसैलाई भने मारिदिने धम्की दिएको बताएकी छन् ।



