समाचार

निजी विद्यालयसंग सहकार्य गर्न नगरपालिका तयार

काभ्रे , असोज २

          क्षितिज ईङ्लिस बोर्डिङ स्कूलको १६ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ। आज पहिलो चरणको कार्यक्रममा बनेपा नगरका नगर प्रमुख शान्तिरत्न शाक्यले सम्बोधन गर्दै क्षितिज स्कुलले निजि विद्यालयको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो।

           उहाँले भन्नुभयो “आगामी दिनमा बनेपा नगरपालिकाले निजि विद्यालयहरु संग सहकार्य गरेर अगाडि बढ्न चाहेको छ । सामुदायिक विद्यालयको गुणस्तर र निजी विद्यालयको गुणस्तरमा फरक पाइएको छ। शिक्षाको गुणस्तरमा समानता ल्याउनु आजको प्रमुख आवश्यकता रहेको छ र अबका दिनमा निजी र सामुदायिक विद्यालय मिलेर जानुको विकल्प नभएको पनि बताउनुभयो।”

            यसैगरी बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिकामा ७० प्रतिशत विद्यार्थी निजि विद्यालयमा अध्ययनरत छन र ३० प्रतिशत मात्र सामुदायिक विद्यालयमा पढ्नाले बाँकी शिक्षाको मागलाई निजीक्षेत्रले पुरा गरेको बताउनुभयो। उपप्रमुख आफु पनि क्षितिज स्कुलको पुर्व अविभावक रहेको बताउँदै स्कुल गुणस्तरीयतामा शंका गर्न नपर्ने भनी प्रशंसा गर्नुभएको थियो।

         नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई नगरप्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख बिमला सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय संचालक समितिको तर्फबाट कृष्ण प्रसाद तिमल्सिना लगाएत शिक्षक, अविभावक, साथै व्यवस्थापन समितिका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।

         विद्यालय सञ्चालन समितिका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य प्रदर्शन गर्नुका साथै सांगीतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमको शोभा बढाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *