समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज यूके पाउण्ड बाहेक प्राय सबै देशको मुद्राको भाउ ओरालो लागेको छ। आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ। त्यस्तै अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३०३ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर ३०४ रुपैयाँ ९० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३७७ रुपैयाँ ९२ पैसा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *