समाचार
अछाममा चट्याङ लागेर पाँच जना घाईते
अछाम : अछाममा चट्याङ लागेर पाँच जना घाईते भएका छन । एकको अवस्था गम्भीर छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा गएराती परेको चट्याङ लाग्दा पाँचजना घाईते भएको र एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा पुल्लेतोलाका ३७ वर्षीया देवसरा रावल, २७ वर्षीय तप बहादुर रावल, १८ वर्षीय मंगल रावल, आठ वर्षीय प्रकाश रावल र १४ वर्षीय पवन रावल रहेका छन् ।
उनीहरु मध्ये देवसरा रावलको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर वडा नम्बर ९ को राँकुका दिनेश कुमार शाहका चार बाख्रा र एउटा कुकुर पनि मरेको ईलाका प्रहरी कार्यालय कालेकाँडाले जनाएको छ ।

