समाचार

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य घटे पनि नेपाली बजारमा स्थिर

काठमाडौं, ३ भदौ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आइतबारदेखि प्रतितोला ७१ हजारमा स्थिर रहेको हो । शुक्रबार ७१ हजार ५ सय पुगेको प्रतितोला सुनको मूल्य आइतबार पाँच सय घटेको थियो ।
तेजावी सुनको मूल्य पनि आज ७० हजार ७ सयमा स्थिर रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने पछिल्लो केही दिन देखि सुनको मूल्य लगातार घटिरहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५१२ अमेरिकी डलर पुगेको सुनको मूल्य हिजो १५ सयको आसपासमा थियो । आज भने सुनको मूल्य घटेर प्रतिऔंस १४९६ को नजिक पुगेको छ ।

आइतबार देखि ८ सय ३० रुपैयाँमा स्थिर रहेको प्रतितोला चाँदी मंगलबार भने ५ रुपैयाँले घटेर पतितोला ८ सय २५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *