समाचार
सुनसरीमा संचारमन्त्री कार्कीले मतपरिणाम उल्ट्याएर लिए अग्रता

आशिष् कुमार यादव , मंसिर १०
सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा मतपरिणाम सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अगाडि बढेकका छन ।अहिले कार्की ९८ मतले अगाडि बढेका हुन्।
शुक्रबार राति कार्की नेकपा एमालेका उम्मेदवार जयदीश कुसियैतसँग ५४७ मतले पछाडि परेका थिए। शनिबार मध्यान्हसम्ममा परिणाम आफ्नो पक्षमा ल्याउँदै कार्कीले अग्रता लिएका हुन्।
निर्वाचन आयोगको ताजा मतपरिणाम अनुसार कार्कीले २३ हजार ४३९ मत ल्याएका छन्। एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले २८५२ मत ल्याएको छ।
कार्की यही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वाचित भएका थिए।


