समाचार

युरोपकै अग्लो शिखरमा काभ्रेकी शर्मिलाले फहराईन नेपाली झन्डा

काठमाडौं : युरोपकै अग्लो हिमाल एल्ब्रुसमा काभ्रेकी शर्मिला तामाङले नेपालको झन्डा फहराएकी छन् । आरोहणमा शर्मिला सहित सात जनाको टोली हिमाल गएको थियो। त्यसमध्ये पाँच जना सोमबार बिहान स्थानीय समय अनुसार ९ बजे चुचुरोमा पुगेको जानकारी पर्वतारोही तामाङले दिएकी छन्।

उनले यही सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्। सात महादेशका सात उच्च हिमाल आरोहण (सेभेन समिट)को योजना अनुसार रूसमा रहेको एल्बु्रस हिमाल पुगेको उनले बताइन्। ‘यो हिमाल नेपालका हिमाल जस्तो सुरक्षित रहेनछ। हावा चल्ने भएकाले डर लाग्यो’, उनले भनिन्, ‘एल्ब्रुस हिमाल टेक्निकल भने रहेनछ। हाम्रो हिमाल भने टेक्निकल छन्।’

अब पाँचवटा हिमाल आरोहण गर्न बाँकी रहेको उनले सुनाइन्। उनका अनुसार एल्ब्रुस हिमाल चढ्न आधारशिविरबाट नौ घण्टा लाग्यो। सगरमाथा भने क्याम्प ४बाटै १३ घण्टा लागेको थियो। उनको टोलीमा रुसी नागरिक गरिक र एगर अनि नेपालीहरू वाङ्दा शेर्पा र राजेश्वरी श्रेष्ठले एल्बु्रस हिमालको सफल आरोहण गरेका छन्। दुई जना नेपालीको आरोहण भने सफल भएन। उ

नले मानव बेचबिखचन विरुद्ध र महिला सशक्ती करणको नारासहित हिमाल आरोहण थालेकी थिइन्। उनी च–टुर्स ट्रेक एन्ड एक्सपिडिसन कम्पनी मार्फत रुस गएकी हुन्। उक्त हिमाल ५ हजार ६सय ४२ मिटर उचाइमा पर्छ। उनले अघिल्लो वर्षको सिजनमा पनि सगरमाथा आरोहण गरेकी थिइन्। त्यस बेला उनी ८ हजार ७ सय ४६ मिटर उचाइसम्म पुगेकी थिइन्। त्यस बेला अस्वस्थताका कारण फर्किनुपरेको उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *