समाचार

भारतिय कन्टेनरको ठक्करबाट विराटनगरमा साईकल यात्रीको मृत्यु

मोरङ / विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको NL01L5135 नम्बरको भारतिय कन्टेनरले साईकललाई ठक्कर दिदा
घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुर बस्ने ३३ बर्षीय मो.सम्सुललाई उक्त कार्यालयले नियन्त्रणमा लिएको जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *