समाचार
नेकपा एस दाेलखाकाे जिल्ला अधिवेशन सम्पन्न ,अध्यक्षमा भिम प्रसाद दाहाल

पुस १ आइतबार ,२०८०
दाेलखा । नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले भिम प्रसाद दाहालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको भएको छ।
नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा अशोक कुमार दाहाल र संगिता पाख्रीन ,सचिब मोहन थापा,उपसचिवमा प्रकाश कुमार केसि,बैकुण्ठ भन्डारी,ताम प्रसाद आपागाईलाई निर्वाचित गरेको हो।
साथै जिल्ला संगठन कमिटीमा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।मंसिर ३० र पौष एक गते दुई दिनसम्म चलेको अधिवेशनको उद्घाटन समारोह नेकपा एस दोलखाका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभएकाे थियो ।
पुउद्घाटन समारोहमा उपमहासचिव एवँ बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर,बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल,केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल,पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,महेन्द्र बहादुर कार्की,लगायतका नेताहरु,प्रतिनिधि सभा सदस्य एवँ नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवँ बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
