समाचार

सुनको भाउ उकालाे लागेकाे लाग्यै : तोलाको ७० हजार पुग्यो

सुनको भाउ तोलाको ७० हजार रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि नै कीर्तिमान बनाइरहेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको हो ।

गएको शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउ त्यसयता लगातार बढिरहेको हो । सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको उहाँले बताउनुभयो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको उहाँको भनाइ छ । चाँदीको भाउ पनि लगातार बढ्दो छ । चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *