समाचार

डडेल्धुरामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो।

दुर्घटनामा भागेश्वर गाउँपालिका–४, रतनी घर भई डडेल्धुरा सदरमुकाममा बस्ने अन्दाजी २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको प्रहरीले जनाएको छ। ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए।

उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो। उपचारका लागि बाहिर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *