समाचार

जिल्ला समन्वय समिति महासंघको उपमहासचिवमा दिपक कुमार गौतम निर्वाचित

पुस,२३
काठमाडौ ।जिल्ला समन्वय समिति महासंघको उपमहासचिवमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम निर्वाचित हुनु भएको छ।

जिल्ला समन्वय समिति महासंघकाे पाेखरामा भएको चौथाे राष्ट्रिय महाधिवेशनबाट काभ्रे जिल्ला समन्वय समितिका प्रमुख गौतम सर्वसहमतले उपमहासचिवमा निर्वाचित हुनु भएको हो ।

पाेखरामा सम्पन्न चौथो महाधिवेशनले ३५ सदस्यीय कार्य समिति चयन गरेको छ। देश भरका ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखकाे भेलाले अध्यक्षमा राजन मेहेता , उपाध्यक्ष लुम्बिनी गौतम , महासचिव अशाेक घिमिरे र उपमहासचिवमा दिपक कुमार गौतमलाई चयन गरेको हो ।

जिल्ला समन्वय समिति महासंघको उपमहासचिवमा निर्वाचित भएपछि खुशि व्यक्त गर्दै नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष समेत रहनु भएका गौतमले जनताको सेवा गर्ने थप जिम्मेवारी प्राप्त भएको बताउनु भयो । उहाँले भन्नुभयो ” याे उपमहासचिव पदले मेरो लागि मात्र नभई सम्पुर्ण काभ्रेली जनताकाे प्रतिनिधित्व भएको छ। ” हामीले गर्व गर्नु पर्ने विषय जिसस महासंघमा युवा नेतृत्वले पनि जिम्मेवारी बहन गर्न सक्छन भन्ने सन्देश गएको उहाँको भनाइ थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *