समाचार

उपचारका क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्यको सात सय डलर बाटैमा लुटिएपछि ..

काठमाडौं, उपकरण उही, प्रविधि उही। तर, प्रधानमन्त्री केपी ओलीले यसचोटी आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैँकक होइन, सिंगापुर रोजे । जनआस्था साप्ताहिकले समाचार छापेकाे छ ।गत वर्ष ९ भदौमा बैंकक पुगेका ओली यसपटक अन्तै मोडिएका हुन् । बैंककमा जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा नेपाली दूतावास छैन। मुद्राका दृष्टिले पनि त्यो महंगो ठाउँ हो ।

त्यसो गर्नुको विभिन्न कारणमध्ये एउटा हुनसक्छ, बैंकक बस्ने केही नेपालीले भिआइपीको नाम भजाइ ठगी धन्दा चलाउनु । चार वर्षअघि उपचारका क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्यको सात सय डलर बाटैमा लुटिएको थियो ।

व्यस्त बैँककको सुखम्भित १ मा बुमराङग्राड अस्पताल, ७३ मा नेपाली दूतावास अनि प्रतुना भन्ने ठाउँबाट सुरज शाक्य भन्नेले श्रीमतीमार्फत अस्पतालमा दिनहुँ खाना पुर्याउन पठाउने ।एकदिन उनैले बोलाएको ठाउँमा खाना खान जाने क्रममा लुटपाटको घटना भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *