समाचार
आगालागी बाट प्रभावित पथरकट्टा परिवारलाइ राहत प्रदान
निर्मल एसपी मगर , देबदह नगरपालिका बिर्ता बजार नजिकै घर भएका आगालागी बाट प्रभावित पथरकट्टा परिवारलाइ एक कार्यक्रमका
बीच राहत सामाग्री प्रदान गरीएको छ ।स्थानीय भुवाल पथरकट्टा परिवारको घरमा सोमबार राति अकस्मात आगालागी भएको थियो । अति बिपन्न परिवारका नौ जनाको परिवार आगालागी बाट बिचल्ली अवस्थामा पुगेको जानकारी पाएपछि देबदहका विभिन्न सामाजिक संघसस्था र देबदह नगरपालिकाको पहलमा राहत वितरण गरिएको हो ।तत्काल राहत स्वरुप दाल चामल तेल त्रिपाल फर्म बाल्टी तरकारी लगायत गरि करिब २५ हजार बराबरको जिन्सी सामान प्रदान गरिएको युवा समाजसेबी सुरज ।
बश्यालले जानकारी दिनुभयो। राहत वितरण कार्यक्रम नेपाल स्वयमसेबी रक्तदाता समाज देवदहका विजय गुरुङ देवदह नगरपालिका वार्ड नम्बर -६ वार्ड अध्यक्ष सामाजिक ब्यक्तित्व श्री दामोदर क्षेत्री सामाजिक ब्यक्तित्व गोपाल प्रसाद ढकाल ज्युको बिशेष पहलमा र र देवदह प्रहरी चौकिको तर्फबाट प्रहरि चौकी प्रमुख श्री दिपक महत र देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री ज्युको प्रमुख आथित्यता विद्यार्थी नेता श्री शंकर गिरि ज्युको कार्यक्रम संचालनमा उक्त वार्डका समुदायहरुको बिच उक्त राहत सामाग्री प्रदान गरिएको थियोे ।

