समाचार
सरकारले थप्यो अमेरिकाका लागि राजदूत कार्कीको म्याद
काठमाडौं । सरकारले अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ। मन्त्रीसरहको सुविधा दिइएका कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको हो । कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए। गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो।

