समाचार

जन यु*द्धकालमा सेनाबाट भागेका विक्रमलाई १० वर्ष जे*ल स*जाय

काठमाडौं– जन यु*द्धकालमा नेपाली सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका विक्रम गुरुङलाई जे*ल चलान गरिएको छ। उनलाई १० वर्षको लागि जे*ल चलान गरिएको हो। गोरखाका विक्रम गरुङ काठमाडौंको कलङ्कीबाट प*क्राउ परेका थिए । नेपाली सेनाको टोलीले उनलाई प*क्राउ गरेको थियो।

सैनिक अदालतले उनलाई १० वर्ष कै*द सजा*यको फैसला सुनाएको हो । सोही फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो। जन यु*द्धकालमा उनी तत्कालीन शाही सेना छोडेर भागेका थिए। उनी हतियार सहित सेनाबाट छोडेर जनमुक्ति सेनामा सामेल भएका थिए। जनमुक्ति सेनामा सामेल भएपछि शक्ति गुरुङको नामले चिनिन्थे।

गुरुङ जे*ल चलान भएपछि सांसद हरिराज अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै वि*रोध जनाएका छन्। नेकपाका केन्द्रीय सदस्य तथा गोरखा निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद अधिकारीले गणतन्त्र ल्याउन संघर्ष गरेका व्यक्तिहरु लाई पालै पालो जे*ल हालने काम भएको भन्दै आपति जनाएका हुन्। उनले गणतन्त्र ल्याउन संघर्ष गरेका व्यक्तिलाई मात्र नभइ गणतन्त्र रोक्नेहरुलाई पनि कार्वाही गर्नु पर्ने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *