समाचार
मालपोत कार्यालयमा अख्तियारको छापा, दुई पक्राउ
सिरहा, साउन १३ । सिरहाको मालपोत कार्यालयमा अख्तियारको टोलीले छापा मार्दा पाँच हजार नगद घुस सहित नायब सुब्बालाई पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवास महोत्तरी द्वारा खटिएको अख्तियारका टोलीले सिरहाको मालपोत कार्यालयमा दिउसो १.०० बजेको समयमा छापा मार्दा नायब सुब्बा र लेखन दासलाई रंगे हात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयमा कार्यरत ५० वर्षीय नायब सुब्बा मिथिलेस्वर ठाकुर र सिरहाको बरियार पट्टी गाउँपालिका – ३ घर भएका ४२ वर्षीय राजवंशी चौधरी रहेका छन् । पक्राउ परेका उनीहरु दुवै उपर थप अनुसन्धान भईरहेको छ त्यस्तै पक्राउ पर्ने डरले कार्यालय प्रमुख रामबाबु मण्डल कार्यालय छोडेर भागेका छन् ।
यता नायब सुब्बा पक्राउ परेसंगै कार्यालय प्रमुख रामबाबु मण्डल लगायतका कर्मचारीहरु भगाभाग भएका छन। केही दिन अगाडी सिरहाको गोलबजार नगरपालिकाबाट अख्तियारको टोलिले ओभर सियरलाई घुस रकम सहित रं गेहात पक्राउ गरेका थिए । थप अनु सन्धानका लागि बर्दिवास कार्यालय लैजाने तयारी गरिरहेको वताइएको छ
प्रतिक्रिया दिनुहोस्



