समाचार
ट्याक्टर दुर्घटनामा परि खोटाङमा १ जनाको मृत्यु
खोटाङ / खोटाङको रावावेसी गाउँपालिका-३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजे सोही ठाउँका दान बहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५ त. ६६०० नम्बरको ट्याक्टर सह-चालक नबिन भुजेलले चलाउने क्रममा सडकबाट अन्दाजी ३५ मिटर तर खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारको लागि स्वास्थ्य चौकी लामीडाँडा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


