समाचार

घरमै पुगेर २७२ जनालाई अपाङ्गता परिचयपत्र वितरण

माथागढी गाउँपालिकाले घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका २७२ जनालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा दिन गाउँपालिकाले घर घरमा कर्मचारी तथा जनप्रतिनिधि परिचालन गरेर परिचयपत्र वितरण गरेको अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो ।

“शारीरिक रुपमा अशक्त हुँदा उनीहरूलाई सहजरुपमा सेवा दिनु हाम्रो दायित्व हो, जीवन जीउनका लागि हौसला प्रदान हुनेछ भनेर घर घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाका आठवटै वडामा पुगेर ५१ रातो, १२७ नीलो, ५१ पहेँलो र ४३ सेतो कार्ड वितरण गरिएको छ । घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने माथागढी गाउँपालिका पहिलो हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *