समाचार
गुल्मीमा फेरी पहिरो : एक जनाको मृ*त्यु, ५ घा*इते
गुल्मी : अबिरल वर्षाका कारण सत्यावती गाउँपालिकाको घटना सेलाउन नपाउदै कालि गण्डकीमा पीडा थपिएको छ । कालिगण्डकी गाउँपालिका– ७ छापचौरमा शनिबार राति ११ बजे बिष्णु परियारको घर भत्किदा दिदीको घरमा रोपाँइ गर्न आएका सोही वडाका १३ वर्षीयका पुन्य परियारको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए।
घलेका अनुसार घर भत्किँदा बहिनीको घरमा रोपाँइ गर्न आएका ३५ वर्षका यम परियार पनि घाइते भएका छन्। यस्तै घाइतेहरुमा खिमा परियार, साजन परियार, सानी परियार, र भेषकुमारी परियार घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडी किल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
घा*इतेहरु मध्ये भेषकुमारी र खिमा परियारको अबस्था गम्भिर रहेको घलेले बताए। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर रहेका कारण मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । यति बेला देशभर सामान्य बदली भई थोरै स्थानमा वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


