समाचार

टमाटर प्रतिकिलोको १ सय ५०, फेरि आकासियो तरकारीको मूल्य

बुटवल – बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन् । डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात हुन नसकेपछि व्यापारीले मुल्य तीन गुणाले बढाएका छन। भारतीय तर कारीको बिषादी परीक्षण र भीसीटिएसको किचलोलाई पनि व्यापारीले मुल्य बढ्नुको कारण देखाएका छन्। दुइ साता अघिसम्म ५०/६० रुपैँयाका प्रतिकिलोमा पाइने टमाटर अहिले १२० देखि १५० रुपैँया सम्म पुगेको छ।

एक मुठ्ठा सागको ५०/६० रुपैया छ। सिमी २ सय रुपैँया प्रतिकेजी छ। बोडी प्रतिकेजी १६० रुपैँया छ। परबर र तीते करेला १ सय रुपैँया प्रतिकेजी छ।काँक्रो १५० रुपैँया छ। भिण्डी र तिते करेला १२०, काउली १५० र हरियो खुर्सानी १६० रुपैँया प्रतिकिलो छ। सिमला मिर्च १६०,लौका ८० र घिरौला १ सय रुपैँया किलो छ। आलुको मुल्य खासै बढेको छैन। प्याज ५० रुपैँया प्रतिकिलो छ।

अदुवा र लसुनको मुल्यपनि अत्यधिक बढेको छ। लसुन ८० रुपैयाँ पाउ र अदुवा ६० रुपैँया पाउ छ। बर्षाका कारण तरकारीको माग र आपुर्तिमा तालमेल नमिल्दा मुल्य बढेको व्यापारी हरुको भनाइ छ। उपभोक्ताले तिर्ने मुल्य अत्यधिक बढाइएको भएपनि किसान ले भने त्यस अनुसारको भाउ पाएका छैनन्। तरकारी आयात कम भएको भन्दै बिचौलीया व्यापारीले आफुखुसी मुल्य बढाएका हुन। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *